+
+
Shares

तोकिएकै मितिमा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैनौं : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १९ गते १५:५७

१९ पुस, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्नेकुरामा अझै विश्वस्त हुने अवस्था नरहेको बताएका छन् ।

शनिबार बुटवलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन् । उपाध्यक्ष पौडेलले निर्भयताका साथ निर्वाचन गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लाग्न सरकारलाई सचेत पनि गराए ।

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातवरणमा निर्वाचन सम्पन्न गराउनका लागि गर्नुपर्ने मुख्यमुख्य कामहरूमा सरकारको ध्यान नगएको जिकिर समेत उनले गरे ।

‘सबै राजनीतिक दलहरूले निर्वाचनमा प्रतिष्पर्धा गर्न सकुन् भन्ने हाम्रो चाहना हो । तर त्यो चाहना पूरा गर्नुपर्ने हिसावले गर्नुपर्ने कामहरू अहिले पनि भईरहेका छैनन । सरकारले निर्वाचनको तयारी राम्रोसँग अघि बढाओस् । निर्वाचनसँग जोडिएका यावत कामहरू राम्रो अघि बढाओस्,’ पौडेलले भने ।

निर्वाचनको कामलाई सरकारले राम्रोसँग अघि बढाउनपर्ने उपाध्यक्ष पौडेलको भनाइ थियो ।

‘तोकिएको मितिमा निर्वाचन हुन्छ भन्ने कुरामा हामी अझै पनि विश्वस्त हुन सक्दैनौं । किनभने निर्वाचन तोकिएकै मितिमा होस तर भयरहित वातावरणमा निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन होस् । सबै मतदाताहरूले निर्भयताका साथ निर्वाचनमा भाग लिन सकुन्,’ पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?