+
+
Shares

निर्वाचनको वातावरण अझै बन्न सकेन: विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाउन नसकेको बताएका छन्।
  • पौडेलले दलको विकल्प दल मात्रै हुने र लोकतान्त्रिक प्रणालीमा दलहरूलाई निषेध गरेर निर्वाचन हुन नसक्ने उल्लेख गरे।
  • पौडेलले विदेशबाट फर्केकाहरूको सीप र पुँजीलाई एकीकृत गर्नुपर्ने बताए र रिटर्नी फेडेरेसनको वेबसाइट शुभारम्भ गरे।

१५ पुस, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाउन नसकेको बताएका छन् ।

नेकपा एमाले निकट संगठन रिटर्नी फेडेरेसनको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले दलको विकल्प दल मात्रै हुने बताए । लोकतान्त्रिक प्रणालीमा दलहरूलाई निषेध गरेर निर्वाचन हुन नसक्ने पौडेलले बताए ।

‘राजनीतिक स्थायित्व, सुशासन र समृद्धिमा नेकपा (एमाले) को नीति र रिटर्नीको भूमिका’ नीति संवादमा पौडेलले विदेशबाट फर्केकाहरूको सीप र पुँजीलाई एकीकृत गर्नुपर्ने बताए । पौडेल उक्त संगठनको वेबसाइट पनि शुभारम्भ गरे ।

कार्यक्रममा फेडेरेसनका निवर्तमान इञ्चार्ज डा. कृष्णबहादुर केसीले विदेशबाट फर्केर संगठित भएकाहरूले ठोस कार्यक्रम सहित पार्टीमा समावेश हुन आग्रह गरे । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिका निवर्तमान अध्यक्ष सञ्जय थापाले आफूलाई चित्त नबुझेको कुरा व्यक्त गर्ने ठाउँ सामाजिक सञ्जाललाई नबनाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?