+

नवौं एनभीए महिला तथा पुरुष भलिबल : प्रतिभा र फखर उद्दिन सर्वोत्कृष्ट

२०८२ पुष  १९ गते २०:५८ २०८२ पुष १९ गते २०:५८
नवौं एनभीए महिला तथा पुरुष भलिबल : प्रतिभा र फखर उद्दिन सर्वोत्कृष्ट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिभा माली र फखर उद्दिन नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२ मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
  • न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले महिला र हेल्प नेपाल स्पोर्ट्स क्लबले पुरुषतर्फ उपाधि जितेका छन्।
  • प्रतिभा र फखरले २५-२५ हजार पुरस्कार प्राप्त गरेका छन् भने अन्य उत्कृष्ट खेलाडीले १५ हजार पाएका छन्।

१९ पुस, काठमाडौं । प्रतिभा माली र फखर उद्दिन नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२ मो सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

महिलातर्फको उपाधि विजेता टोली न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबकी प्रतिभा र पुरुषतर्फको विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी खेलाडी फखर सर्वोत्कृष्ट खेलाडी बनेका हुन् ।

प्रतिभाले न्यु डायमन्डलाई च्याम्पियन बनाउन योगदान गर्दा फखरले हेल्प नेपाललाई उपाधि जिताउन महत्वपूर्ण योगदान गरे ।

फाइनलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई तथा हेल्प नेपालले पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराएर अपराजित रहँदै उपाधि जितेको हो ।

च्याम्पियनसिपमा व्यक्तिगत विधातर्फ पनि च्याम्पियन टोली न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब हेल्प नेपाल स्पोर्ट्स क्लबका खेलाडीकै वर्चस्व रह्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका प्रतिभा र फखर उद्दिनले २५-२५ हजार प्राप्त गरे भने अन्य विधागत उत्कृष्टले समान १५ हजार हात पारे ।

महिलातर्फ विधागत पुरस्कार
सर्वोत्कृष्ट खेलाडी : प्रतिभा माली (न्यु डायमन्ड)
उत्कृष्ट सर्भर : सरस्वती कडेल (नेपाल पुलिस क्लब)
उत्कृष्ट स्पाइकर : निरुता ठगुन्ना (एपीएफ क्लब)
उत्कृष्ट ब्लकर : सुमित्रा रेग्मी (न्यु डायमन्ड)
उत्कृष्ट सेटर : प्रगति नाथ (न्यु डायमन्ड)
उत्कृष्ट लिबेरो : सलिना श्रेष्ठ (न्यु डायमन्ड)
उत्कृष्ट प्रशिक्षक : कुमार राई (न्यु डायमन्ड)

 

पुरुषतर्फ विधागत पुरस्कार
सर्वोत्कृष्ट खेलाडी : फखर उद्दिन (हेल्प नेपाल)
उत्कृष्ट सर्भर : चिरञ्जीवी खड्का (हेल्प नेपाल)
उत्कृष्ट स्पाइकर : मुवासर राजा (हेल्प नेपाल)
उत्कृष्ट ब्लकर : दुर्गा बहादुर खड्का (त्रिभुवन आर्मी)
उत्कृष्ट सेटर : हरिहजुर थापा (त्रिभुवन आर्मी)
उत्कृष्ट लिबेरो : भिम बहादुर गाह (नेपाल पुलिस क्लब)
उत्कृष्ट प्रशिक्षक : उत्सव खड्का (हेल्प नेपाल स्पोर्ट्स क्लब)

तस्वीरहरू : विकास श्रेष्ठ

एनभीए भलिबल च्याम्पियनसिप प्रतिभा माली फखर उद्दिन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय