+

रुपन्देही जिल्लास्तरीय स्नूकर : कुडल, रुकु, कशिश र अजय सेमिफाइनलमा

२०८२ पुष  १९ गते २०:५४ २०८२ पुष १९ गते २०:५४
रुपन्देही जिल्लास्तरीय स्नूकर : कुडल, रुकु, कशिश र अजय सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुटवलमा जारी नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको सेमिफाइनलमा कुडल श्रेष्ठ, रुकु खान, कशिश क्षेत्री र अजय सुनार प्रवेश गरेका छन्।
  • प्रतियोगितामा जिल्लाका १ सय २८ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् र खेल पुस २१ गतेसम्म चल्नेछ।
  • विजेताले एक लाख, उपविजेताले ५० हजार र उच्च स्कोररले २० हजार पुरस्कार पाउने संघका अध्यक्ष सुजन पुनले जानकारी दिनुभयो।

१९ पुस, बुटवल । बुटवलमा जारी जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

बुटवलस्थित खस्यौली स्नूकर क्लबमा शनिबार बेस्ट अफ सेभेनका आधारमा भएका खेलमा विजयी हुँदै कुडल श्रेष्ठ, रुकु खान, कशिश क्षेत्री र अजय सुनार सेमिफाइनल प्रवेश गरेका हुन् ।

नेपाल बिलियर्ड्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा पुस १४ देखि जारी नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगितामा जिल्लाका १ सय २८ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

शनिबारका खेलमा आदर्श भण्डारीलाई ४–२ अंकले पछि पार्दै कुडल अन्तिम ४ जनामा सुरक्षित भएका हुन् । यस्तै सौरभ श्रेष्ठलाई ४–३ अंकले पछि पार्दै रुकुले सेमिफाइनलमा स्थान पक्का गरे ।

शनिबारै भएको अर्को खेलमा रोहितमान जोशीलाई ४–२ अंकले पराजित गर्दै कशिश र रेशम रानालाई ४–१ अंकले पछि पार्दै अजय सेमिफाइनल प्रवेश गरेका खेल संयोजक विजय गुरुङले जानकारी दिए ।

पुस २१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार तथा उच्च स्कोररले २० हजार, उदीयमान खेलाडी र अनुशासित खेलाडीले ५/५ हजार र स्नूकर स्टीक प्राप्त गर्ने संघका अध्यक्ष सुजन पुनले जानकारी दिए ।

रुपन्देही जिल्लास्तरीय स्नूकर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय