News Summary
Generated by OK AI. Editorially reviewed.- एपीएफ क्लबले लमजुङमा जारी त्रिवेणी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
- सेमिफाइनलमा एपीएफले लमजुङ मर्स्याङ्दी फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ ले हराएको हो।
- खेल १-१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा एपीएफका चार खेलाडीले गोल गरेका थिए।
१९ पुस, काठमाडौं । एपीएफ क्लब लमजुङमा जारी त्रिवेणी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलमा लमजुङ मर्स्याङ्दी फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ ले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।
टाइब्रेकरमा एपीएफका अनिष घर्ती, सन्तोष खत्री, युवराज खड्का र विश्वास उदासले गोल गरे । दिपेश धिमाल र महेश लामाको प्रहार गोल हुन सकेन ।
यस्तै मर्स्याङ्दीका आरोन थापा, विलियन एलेन र मिङ्मा मगरको प्रहार गोल हुँदा अविनाश स्याङ्तान, अभिषेक महतो र पुजन थापाको प्रहार गोल भएनन् ।
त्यसअघि निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
४१औं मिनेटमा मर्स्याङ्दीका ओलावाले आफिजले गोल गरेपनि इन्जुरी समयको सातौं मिनेटमा एपीएफका मान बहादुर रानाले गोल फर्काएका थिए ।
८८औं मिनेटमा मणिकुमार लामाले रातो कार्ड पाएपछि एपीएफ केही समय १० खेलाडीमा सीमित भएको थियो ।
प्रतिक्रिया 4