News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नामिबियाले जेरार्ड एरासमसको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
- नामिबियाले अफ्रिका छनोटमा सेमिफाइनलमा तान्जानियालाई ६३ रनले हराएर विश्वकपमा स्थान बनाएको हो।
- विश्वकपमा नामिबिया समूह ‘ए’ मा भारत, पाकिस्तान, नेदरल्यान्ड्स र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।
१९ पुस, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नामिबियाले जेरार्ड एरासमसको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। यो नामिबियाको लगातार चौथो टी–२० विश्वकप सहभागिता हो।
नामिबियाले हरारेमा भएको अफ्रिका छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएको हो। सेमिफाइनलमा तान्जानियालाई ६३ रनले हराएर विश्वकपमा छनोट भएको नामिबिया फाइनलमा पुगेर जिम्बाबेसँग पराजित भएको थियो ।
छनोटमा कप्तान एरासमस र जेजे स्मिटले ब्याटिङमा महत्वपूर्ण योगदान दिएका थिए भने बलिङतर्फ बेन शिकोंगो र स्मिट प्रभावशाली देखिएका थिए। यस्तै जान निकोल लफ्टी–इटन छनोट प्रतियोगिताका उत्कृष्ट बलर घोषित भएका थिए।
अघिल्लो टी–२० विश्वकपमा नामिबियाले एक मात्र जित निकालेको थियो र यसपटक राम्रो नतिजा निकाल्ने लक्ष्यसहित टोली मैदान उत्रिनेछ।
टोलीमा सन् २०२४ को विश्वकपबाट ९ खेलाडीलाई निरन्तरता दिइएको छ भने केही नयाँ खेलाडी पनि समावेश गरिएका छन्।
विश्वकपमा नामिबिया समूह ‘ए’ मा रहेको छ, जहाँ भारत, पाकिस्तान, नेदरल्यान्ड्स र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया 4