News Summary
Generated by OK AI. Editorially reviewed.- एस्टन भिल्लाले नोटिङहम फरेस्टलाई ३-१ ले पराजित गर्दै इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ।
- भिल्लाका जोन म्याकगिनले दुई गोल र ओली वाट्किन्सले एक गोल गरे भने नोटिङहमका मोर्गान गिब्स ह्वाइटले एक गोल गरे।
- भिल्लाको २० खेलबाट ४२ अंक भएको छ भने एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ४१ अंक छ।
१९ पुस, काठमाडौं । एस्टन भिल्ला इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार बेलुका भएको खेलमा नोटिङहम फरेस्टलाई ३-१ ले पराजित गर्दै भिल्ला दोस्रो स्थानमा उक्लिएको हो ।
भिल्लाको जितमा जोन म्याकगिनले दुई गोल गरे भने ओली वाट्किन्सले एक गोल गरे । नोटिङहमका लागि मोर्गान गिब्स ह्वाइटले एक गोल गरे ।
खेलको पहिलो हाफको इन्जुरी समयमा वाट्किन्सले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । ४९औं र ७३औं मिनेटमा म्याकगिनले गोल गरे । ६१औं मिनेटमा मोर्गानले गरेको गोल सान्त्वना बन्यो ।
जितपछि भिल्ला म्यान्चेस्टर सिटीलाई पछि पारेर दोस्रोमा उक्लिएको हो । भिल्लाको २० खेलबाट ४२ अंक भएको छ । एक खेल कम खेलेको सिटीको ४१ अंक छ । सिटीले यो गेमविकको अन्तिम खेलमा चेल्सीसँग खेल्ने छ ।
पराजित नोटिङहम १८ अंकसहित १७औं स्थानमा छ ।
प्रतिक्रिया 4