+
+
Shares

विशेष महाधिवेशन हुन दिँदैनौं : कृष्णप्रसाद सिटौला

उनले पार्टीको विशेष महाधिवेशन नहुने ठोकुवा पनि गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १२:३६

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा दलका नेता कृष्णप्रसाद सिटौलाले दलहरूसँग तालमेल गरेर चुनावमा जाने तयारीमा रहेको बताएका छन् ।

सोमबार पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन नै भएको बताएका हुन् ।

‘राष्ट्रिय सभामा रणनितीक तालमेल हुन्छ। प्रतिनिधि सभामा गठबंधन नगर्ने कांग्रेसको बटम लाइन हो,’ उनले भने ।

त्यस्तै उनले पार्टीको विशेष महाधिवेशन नहुने ठोकुवा पनि गरे । ‘विशेष महाधिवेशन हुँदैन ।  हुन दिँदैनौं । कांग्रेस चिरा हुँदैन हामी हुन दिँदैनौं,’ उनले भने, ‘कांग्रेस पार्टी फुटोस्, कमजोर होस् अनेक झगडा होस् भन्ने चाहना होला । हामी त्यो हुन दिदैनौं ।’

विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन पनि सिटौलाले आग्रह गरे ।

‘हस्ताक्षर गर्नेलाई काठमाडौ नआउन आग्रह गर्दछु। चुनावको तयारीमा लाग्न आग्रह गर्दछु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?