News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'वान ब्याटल अफ्टर एनदर' ले ३१ औं क्रिटिक्स च्वाइस अवार्डमा उत्कृष्ट फिल्म, निर्देशन र रुपान्तरिक पटकथा जित्यो।
- 'फ्रान्केन्स्टाइन' र 'सिनर्स' ले चार–चार विधामा अवार्ड जितेका छन्।
- 'वान ब्याटल अफ्टर एनदर' लाई अस्कर अवार्डको निकट प्रतिविम्ब मानिन्छ र आगामी अवार्ड वितरण मिति सार्वजनिक भएका छन्।
लस एन्जलस । कट्टर राजनीतिको बारेमा बनेको कमेडी फिल्म “वान ब्याटल आफ्टर एनदर’ ले ३१ औं क्रिटिक्स च्वाइस अवार्डमा उत्कृष्ट फिल्मको उपाधि जितेको छ । साथै, फिल्मले उत्कृष्ट निर्देशन (पौल थोमस एन्डर्सन) र उत्कृष्ट रुपान्तरिक पटकथा विधा पनि जित्यो ।
गुइलेर्मो डेल टोरो निर्देशित क्लासिक कथावस्तुमा बनेको फिल्म ‘फ्रान्केन्स्टाइन’ र भ्याम्पायर फिल्म “सिनर्स’ सबैभन्दा धेरै चार–चार विधामा अवार्ड जिते ।
‘फ्रान्केन्स्टाइन’ ले उत्कृष्ट सहायक अभिनेता, प्रडक्सन डिजाइन, हेयर डिजाइनिङ, मेकअप र पोशाकको विधामा पनि अवार्ड जिते । “सिनर्स’ लाई मौलिक पटकथा, कास्टिङ र यसको स्कोरको लागि पुरस्कार दिइयो ।
यस फिल्मका २० वर्षीय स्टार माइल्स क्याटनलाई उत्कृष्ट युवा अभिनेता घोषित गरिएको थियो । एकै सटमा भनिएको हत्याको अनुसन्धानको कथा ‘एडलसेन्स’ ले उत्कृष्ट लिमिटेड सिरिजसहितका ४ विधा जित्यो ।
‘मार्टी सुप्रिम’ बाट तिमोथी चालमेट सर्वश्रेष्ठ अभिनेता घोषित भए । ‘ह्यामनेट’ बाट जेसी बक्ले सर्वश्रेष्ठ अभिनेत्री घोषित भइन् । प्यारामाउन्ट स्टुडियोको ‘द नेकेड गन’ सर्वश्रेष्ठ कमेडी फिल्म बन्यो ।
नियोनले ‘द सेक्रेट एजेन्ट’ ले उत्कृष्ट विदेशीभाषी फिल्मको विधा जित्यो । टेलिभिजनको सिरिज विधातर्फ एचबीओ म्याक्सको ‘द पिट’ ले जित्यो ।
अस्करको लागि झनै बलियो ‘वान ब्याटल आफ्टर एनदर’
क्रिटिक्स च्वाइस अवार्डलाई यसपछि आउने अस्कर अवार्डको निकट प्रतिविम्वको रुपमा पनि हेरिन्छ । यो अवार्डमा उत्कृष्ट हुने फिल्म अस्करमा सर्वोत्कृष्ट बनेको इतिहास छ । ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ र ‘टुभेल्थ इयर्स अफ स्लेभ’ लाई उदाहरणको रुपमा लिन सकिन्छ ।
११ फेब्रुअरीमा गोल्डेन ग्लोब्स अवार्ड वितरण हुनेछ । २२ जनवरीमा अस्करको मनोनयन घोषणा हुनेछ । २८ फेब्रुअरीमा पीजीए अवार्ड्स र १ मार्चमा साग अवार्ड वितरण हुनेछन् ।
प्रतिक्रिया 4