News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री लक्ष्मी बर्देवा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा नियुक्त भएकी छन्।
- बर्देवाले कलाकारिता र राजनीतिलाई सँगै अघि बढाउने निर्णय लिएकी छन्।
- उनले पार्टीलाई सुरुदेखि नै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा समर्थन गर्दै आएकी थिइन्।
काठमाडौं । अभिनेत्री लक्ष्मी बर्देवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा नियुक्त भएकी छन् । बालेनको टिमबाट उनी उक्त पदमा मनोनित भएकी हुन् ।
अनलाइनखबरसँग कुरा गर्दै बर्देवाले केही समय पहिले नै आफूलाई यसबारे प्रस्ताव गरिएको बताइन् । ‘उम्मेदवार वा पार्टीको सदस्य केमा राम्रो हुन्छ बनाउनूस न भनेकी थिएँ’ उनले भनिन् ।
सोचविचार गरेरै आफूले राजनीतिमा होमिने निर्णय लिएको बताइन् । ‘कलाकारिता मेरो रोजिरोटी हो । कलाकारिता र राजनीतिलाई अब सँगै अघि बढाउँछु’ उनले भनिन्, ‘आफ्ना आवाज राजनीतिबाट उठाउँछु ।’
उनले समय व्यवस्थापन गरेरै यी दुई पक्षलाई अघि बढाउने बताइन् । ‘सुरुदेखि नै प्र्रत्यक्ष वा अप्रत्यक्षरुपमा आफूले पार्टीलाई सपोर्ट गर्दै आएकी थिएँ’ उनले भनिन् ।
पछिल्लो समय कलाकारले धमाधम राजनीति ज्वाइन गरिरहँदा यो सूचीमा बर्देवा पनि थपिएकी हुन् । उनी अभिनित पछिल्लो फिल्म ‘अभिमन्यु’ हालै रिलिज भएको थियो ।
उनी अभिनित शक्ति, परिवार, हामी तीन भाई प्रदर्शन तयारीमा छन् ।
प्रतिक्रिया 4