+
+
Shares

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १०:५१

२२ पुस, चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जिवि सुवेदी विजयी भएका छन् ।

अध्यक्ष पदका प्रत्यासी शिरिष पन्तलाई २९९ मतले हराउँदै सुवेदी संघको ५९औं साधारण तथा अधिवेशनबाट अध्यक्ष पदमा विजयी भएका हुन् ।

सुवेदीले एक हजार ४८४ मत ल्याउँदा शिरिष पन्तले एक हजार १८५ मत ल्याएका छन् ।

वरिष्ठ उपाध्यक्षमा सुवेदी प्यालनकै राजेन्द्र ओली, उपाध्यक्षहरु नारायण प्रधान र राजन पियाले जित निकाल्दा अर्का उपाध्यक्षमा पन्त प्यानलका जनक पौडेलले विजयी भएका छन् ।

संघका अन्य सदस्यमा अधिकांश सुवेदी प्यालनबाट नै विजयी भएका छन् । सोमबार भएको मतदानमा कुल २ हजार ७ सय १९ मत खसेको थियो । जम्मा मतदाता संख्या ३ हजार ३ सय ७१ रहेका थिए ।

संघको हरेक २/२ वर्षमा अधिवेशन हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?