+
+
Shares

जिल्ला सुरक्षा समितिमा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गराउन गृहमन्त्रीलाई पत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला सुरक्षा समितिमा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गराउन गृहमन्त्री ओम प्रकाश अर्याललाई पत्र लेखेको छ।
  • महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले पछिल्ला आन्दोलनका क्रममा भएको घुसपेठ, तोडफोड र आगजनीबाट निजी क्षेत्र प्रभावित भएको पत्रमा उल्लेख गरेका छन्।
  • पत्रमा केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा सरकार र निजीक्षेत्रबीच समन्वय संयन्त्रको आवश्यकता र व्यवसायिक समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न माग गरिएको छ।

१३ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला सुरक्षा समितिमा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गराउन गृहमन्त्री ओम प्रकाश अर्याललाई पत्र लेखेको छ ।

महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले गृहमन्त्रीलाई पत्राचार गर्दै यस्तो माग गरेका हुन् । पत्रमा उनले पछिल्ला आन्दोलनका क्रममा भएको घुसपेठ र तोडफोड तथा आगजनीको विषय समावेश गरेका छन् ।

यसबाट निजी क्षेत्र प्रभावित भएको पत्रमा उल्लेख छ । व्यवसायिक मनोबल बढाउन सरकार र निजी क्षेत्र बीच समन्वय तथा सहकार्य हुनुपर्ने उनको भनाइ छ ।

यसका लागि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा सरकार र निजीक्षेत्रबीच समन्वय संयन्त्रको आवश्यकता महसुस गरिएको पत्रमा उल्लेख छ । पत्रमा जिल्लास्तरीय सुरक्षा योजना, जोखिम मूल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा व्यवसायिक समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न माग गरिएको छ ।

यस्तो संयन्त्रमा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिलाई सहभागि गराउने व्यवस्था मिलाउन भनिएको छ । स्थानीय प्रशासन र निजी क्षेत्रबीच समन्वय मजबुत हुने, व्यवसायिक जोखिम घटाउने र आर्थिक स्थायित्वमा सकारात्मक प्रभाव पार्ने समेत महासंघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?