२३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सूचीमा परेका डा. रामजी रामले पनि फिर्ता लिएका छन् ।
‘दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै म समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,’ उनले फेसबुकमा लेखेका छन् ।
बाहिरैबाट सामाजिक न्यायको पक्षमा बोल्ने पनि उनले बताएका छन् ।
‘म संसद्को कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता राख्दिनँ। सामाजिक चेतनाका थुप्रै मोर्चाबाट पनि न्यायको लडाइँ लड्न सकिन्छ भन्ने विश्वास मेरो जीवनको अभ्यास हो,’ उनले लेखेका छन् ।
समानुपातिक उम्मेदवारबारे सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढ्न थालेपछि नाम फिर्ता लिनेको संख्या बढ्न थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4