+
+
Shares

पिकनिकबाट फर्कंदै थियो जहरसिंह पौवाको जंगलमा दुर्घटनामा परेको बस, २२ घाइते

नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कंदा बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १९:१२

२३ पुस, काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जंगलमा दुर्घटनामा परेको बस पिकनिक गएर फर्कंदै गरेको खुलेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो । सडकबाट बस सय मिटर तल खसेर रुखमा अड्किएको र लगत्तै प्रहरी उद्धार गरेको एसपी भट्टराईले जानकारी दिए ।

उनका अनुसार, बसमा ३५ देखि ४० जना सवार थिए । नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कंदा बस दुर्घटनामा परेको पनि उनले बताए ।

दुर्घटनामा घाइते भएकामध्ये २२ जनालाई विभिन्न अस्पतालमा पुर्‍याएको छ । साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल, नेपाल मेडिकल कलेज, अत्तरखेल लगायतका अस्पतालमा घाइतेको उपचार भइरहेको उनले बताए ।

घाइतेमध्ये २ जना गम्भीर रहेका छन् भने अन्यको अवस्था सामान्य छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?