+
+
Shares

कुलमानले फेरि दोहोर्‍याए- मैले कुनै दलको सदस्यता लिएको छैन

‘राजनीतिक जीवनमा औपचारिक प्रवेश गरेपछि मात्रै पार्टी सदस्यता लिने मेरो स्पष्ट धारणा थियो र अहिले पनि त्यही छ,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते २१:५४

२३ पुस, काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफूले कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको दोहोर्‍याएका छन् ।

उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमति कार्यान्वयनमा नआएको बताउँदै उनले यस्तो बताएका हुन् ।

‘उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भए पनि उक्त समझदारी हालसम्म कार्यान्वयनमा आएको छैन,’ मैले अहिलेसम्म कुनै पनि राजीनितका पार्टीको सदस्यता लिएको छैन ।’

उनले केहीबेरअघि मात्रै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा दिएका थिए । राजीनामा लगत्तै आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘राजनीतिमा जीवनमा औपचारिक प्रवेश गरेपछि मात्रै पार्टी सदस्यता लिने मेरो स्पष्ट धारणा थियो र अहिले पनि त्यही छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?