२३ पुस, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् । घिसिङले मन्त्रालयमा अहिले राति ९ बजे पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेका हुन् ।
उनको सचिवालयका अनुसार राजीनामा दिने निश्चित भएपछि पत्रकार सम्मेलनमार्फत घोषणा गर्न लागेका हुन् ।
जेनजी आन्दोलनको बलमा गठन भएको नागरिक सरकारमा घिसिङ भदौ ३० गते मन्त्री नियुक्त भएका थिए ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् ।
विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक हुँदै मन्त्री घिसिङले आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी दर्ता गराएका घिसिङले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उपसभापतिको सहमति गरी एकता गरेका थिए ।
गैरदलीय सरकारको मन्त्री पदमा रहेकै दौरान घिसिङ रास्वपाको राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै राजीनामा दिनुपर्ने आवाज उठको थियो ।
सामाजिक सञ्जाल र जनस्तरमा मन्त्रीहरूको राजनीतिक गतिविधिमाथि प्रश्न उठेपछि सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले राजीनामा दिन भनेकी थिइन् ।
प्रतिक्रिया 4