+
+
Shares

भेनेजुएला–अमेरिका तनावबारे बोल्यो नेपाल : संयम हुन र सार्वभौमिकताको सम्मान गर्न जोड

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते ११:५०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सरकारले अमेरिका–भेनेजुएला तनावबारे चासो व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ।
  • नेपालको परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान आवश्यक रहेको उल्लेख गरेको छ।
  • नेपालले सबै विवाद संवाद, कूटनीति र आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्ने बताएको छ।

काठमाडौं । नेपाल सरकारले अमेरिका–भेनेजुएला तनावबारे चासो व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर तनाव थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गरेको हो ।

अमेरिकी सेनाले भेनेजुएलाको राजधानी लगायतका शहरमा आक्रमण गरी त्यहाँका राष्ट्रपति दम्पतीलाई नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि दुई देशबीच तनाव बढेको छ । विभिन्न मुलुकले यस घटनालाई लिएर चासो र चिन्ता व्यक्त गरिरहेका छन् ।

नेपालको परराष्ट्र मन्त्रालयले पनि बुधबार विज्ञप्ति जारी गरेर यस घटनाप्रति आधिकारिक धारणा सार्वजनिक गरेको हो । विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्र अनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान आवश्यक रहेकोमा नेपालले जोड दिएको छ ।

नेपालले सबै किसिमका विवाद संवाद, कूटनीति र आपसी समझदारी मार्फत शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?