+
+
Shares

अवरुद्ध पूर्व-पश्चिम राजमार्गको मोरङ खण्ड खुल्यो

निर्माणाधीन पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी–पथरी सडक खण्डमा पर्ने मोरङ्गी खोलाको पुल भासिएपछि अवरुद्ध भएको राजमार्ग खुलेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते २०:१३

२४ पुस, विराटनगर । निर्माणाधीन पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी–पथरी सडक खण्डमा पर्ने मोरङ्गी खोलाको पुल भासिएपछि अवरुद्ध भएको राजमार्ग खुलेको छ ।

आइतबार साँझ साढे ६ बजेतिर निर्माणको काम भइरहेकै बेला पुलको दक्षिणी भाग भासिएको थियो । खोलामा डाइभर्सन निर्माण गरी बिहीबारबाट सञ्चालनमा आएको हो ।

राजमार्ग अवरुद्ध भएपछि ठूला सवारी साधनलाई लेटाङ हुँदै डाइभर्ट गरिएको थियो । डाइभर्सन निर्माण गरी दुइतर्फी सडक सञ्चालन भएको काकरभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्डका प्रमुख जगत प्रजापतिले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा पूर्वबाट पश्चिम जाने ठूला सवारी साधनलाई पथरीबाट १० किलोमिटर उत्तर जाँते पुगेर मदन भण्डारी राजमार्ग हुँदै लेटाङबाट दक्षिण कानेपोखरी निस्कने व्यवस्था मिलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?