+
+
Shares

ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम राजमार्ग

रासस रासस
२०८२ पुष १५ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डमा एलपी ग्यास बोकेको बुलेट दुर्घटना भएर पूर्व–पश्चिम राजमार्ग मंगलबार विहानदेखि अवरुद्ध भएको छ।
  • ग्यास बुलेट हटाउन छ वटा क्रेन प्रयोग गरिएको छ र प्राविधिक कारणले राजमार्ग अझै खुल्न सकेको छैन।
  • दुर्घटनामा ट्याङ्कर चालक पवन यादव घाइते भएका छन् र पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरमा थन्किएका छन्।

१५ पुस, रौतहट । ग्यास बुलेट दुर्घटना भएपछि मंगलबार विहानदेखि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग अझै खुल्न सकेको छैन । राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको होे ।

भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टी २११४ नम्बरको ट्याङ्कर आज विहान दुर्घटना भएको हो । अवरुद्ध राजमार्ग विहानैदेखि खुलाउने प्रयास भए पनि प्राविधिक कारणले खुलाउन नसकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिइन् ।

बिहान ९ बजेदेखि नै ग्यास कम्पनीका प्राविधिक र नेपाल आयल निगम वीरगञ्ज शाखाका प्राविधिक टोलीले उक्त बुलेट हटाउन प्रयास गरे पनि अझै समय लाग्ने उपरीक्षक लाबुङले जानकारी दिएकी छन् ।

उक्त ग्यास बुलेट हटाउन छ वटा क्रेन प्रयोग गरिएका छन् । दुर्घटनापछि बुलेटबाट लिक भएको ग्यास प्राविधिकले टाल्न नसकेपछि समस्या भएको बताइएको छ ।

दुर्घटनामा ट्याङ्कर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका थिए ।

हाल पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरमा थन्किएका छन् भने केही सवारीसाधन रौतहटको चन्द्रनिगाहपुर—गौर राजमार्ग हुँदै बालचनपुर, जङ्गल सहिया हुँदै धन्सारको करिब ३५ किलोमिटर लामो बाटो घुमेर आवतजाबत गरिरहेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?