+
+
Shares

मापसे गरेर सरकारी गाडी चलाउनेमाथि कारबाही

मापद पदार्थ सेवन (मापसे) गर्दा समेत सरकारी गाडी चलाउने गरेको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १३:१३

२५ पुस, काठमाडौं । मापद पदार्थ सेवन (मापसे) गर्दा समेत सरकारी गाडी चलाउने गरेको पाइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको तथ्यांकअनुसार कूटनीतिक नियोगकादेखि सरकारी गाडीका चालकसम्मले मापसे गरेर चलाइएको पाइएको हो ।

चालु आर्थिक वर्ष २०८२/८२ मा मापसे गरेर चलाइएका १६ चालक कारबाहीमा परेका छन् । यो चालु आर्थिक वर्षको १५ पुसम्मको तथ्यांक हो ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा मापसे गरेर चलाइएका ७७ सरकारी गाडी तथा चालक कारबाहीमा परेका थिए ।

त्यस्तै चालु आथिर्क वर्षमा १ वटा कूटनीतिक नियोगको गाडी चालक पनि मापसे कारबाहीमा परेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २ कूटनीतिक नियोगका गाडी चालक करबाहीमा परेका थिए ।

सबै प्रकारका गाडी गरेर चालु आर्थिक वर्षको अहिलेसम्म १२ हजार ३८८ सवारी तथा चालक मापसे करबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसपी तथा प्रवक्ता नरेश राज सुवेदी बताउँछन् ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३८ हजार ४८३ सवारी तथा चालक मापसे कारबाहीमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?