+
+
Shares

मापसे गरेर यात्रुवाहक बस चलाउने ७ जना चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १८:५८

९ कात्तिक, काठमाडौं । मादक पदार्थ सेवन गरर यात्रुवाहक सवारी साधन चलाउने ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपत्यकाका विभिन्न ठाउँमा गरिएको चेकजाँचका क्रममा ७ जना चालक मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएको हो ।

पक्राउ पर्नेहरूमा कलिकोटको पचालझरना गाउँपालिका ७ घर ३४ वर्षीय खम्ब दमाई,  सिन्धुपाल्चोकको  मेलम्ची नगरपालिका ७ घर र्भका ३४ वर्षीय सिताराम गिरी, काठमाडौंको टेकु बस्ने ६७ वर्षीय मोचाकाजि महर्जन, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ घर भएका ३७ वर्षीय सकुल डोटेल, नुवाकोटको विदुर नगरपालिका २ घर भएका ३७ वर्षीय राजु कटुवाल, सप्तरीको राजविराज नगरपालिका ११ बस्ने ४० वर्षीय धर्मदेव यादव र  सर्लाहीको बागमती नगरपालिका १ का ३६  वर्षीय अजय गोले रहेका छन् ।

नियन्त्रणमा आएका चालकहरूलाई आवश्यक अनुसन्धानको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?