News Summary
Generated by OK AI. Editorially reviewed.- ठमेलस्थित एलओडी क्लब डिजे म्याग टप १०० क्लबको नोमिनेसनमा परेको छ।
- एलओडी क्लब विश्वका उत्कृष्ट १०० क्लबमध्ये ४४ औं स्थानमा छ।
- यो क्लब सन् २०१९ मा स्थापना भएको हो।
२५ पुस, काठमाडौं । ठमेलस्थित ‘एलओडी क्लब’ डिजे म्याग टप १०० को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनोट गर्ने सन् २०२६ का लागि क्याम्पेनमा एलओडी पुन: परेको हो ।
डिजे म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनोट गर्ने गर्छ ।
यस वर्ष पनि एलओडी क्लबले टप १०० क्लबको सूचीमा परेकाले भोट गर्न अपिल गरेको छ । एलओडी नेपालको वेबसाइटमा गएर डिजे टप १०० क्लबमा क्लिक गरेर भोट गर्न सकिने छ ।
मतदान गर्न वा गुगलको वा एप्पलको अप्सन आउँछ । डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा ‘सबमिटमा’ क्लिक गर्नुपर्छ ।
प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् । अन्त्यमा पुन: अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडी लेख्दै काठमाडौं शहरको नाम उल्लेख गर्नुपर्नेछ ।
एलओडी डिजे म्याग टप १०० को छनोटका लागि नोमिनेशनमा पर्दा राष्ट्र सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए ।
छनोटमा सय क्लबको छनौटमा पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने रहेछन् भनेर प्रमाणित गर्न सकिने उनको भनाइ छ ।
विश्वका उत्कृष्ट क्लबहरूमध्ये एलओडी ४४ औं स्थानमा रहेको छ ।
सन् २०१९ मा स्थापना भएको एलओडीले साउन्ड, अत्याधुनिक लाइटिङ र सांगीतिक वातावरणको उच्चतम माहोल बनाएको श्रेष्ठले बताए ।
‘एलओडी क्लब केवल एउटा नाइटक्लब मात्र होइन, यो नेपाली संस्कृति, प्रतिभा र राष्ट्रिय गौरवको प्रतीक पनि बनेको छ,’ उनले भने, ‘नेपाली संस्कृति र परम्परालाई समर्पित विशेष कार्यक्रमहरू मार्फत क्लबले नेपाली पहिचानलाई विश्वमञ्चमा प्रवर्द्धन गर्दै आएको छ । जसले राष्ट्रिय एकता र गर्वको भावना अझ बलियो बनाएको छ ।’
एलओडी क्लब विदेशी र स्वदेशी पर्यटक दुवैका लागि ठमेलको एउटा गन्तव्य बनिसकेको उनले बताए ।
प्रतिक्रिया 4