+
+
Shares

एमालेको समानुपातिक सूचीबाट नाम फिर्ता लिन ५ जनाले दिए निवेदन

नेकपा एमालेको समानुपातिक बन्दसूचीमा रहेका पाँच जनाले नाम फिर्ताका लागि पार्टीमा निवेदन दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १८:०३

२५ पुस, काठमाडौं । नेकपा एमालेको समानुपातिक बन्दसूचीमा रहेका पाँच जनाले नाम फिर्ताका लागि पार्टीमा निवेदन दिएका छन् ।

दुई जनाले राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुने भएपछि नै उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । उनीहरू हुन्– कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार सोम पोर्तेल र सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार लिला भण्डारी ।

यसबाहेक अर्का एक जनाले सरकारी जागिरे भएको भन्दै नाम फिर्ता गर्न आग्रह गरेका छन् भने बाँकी दुई जनाबारे केही खुलाइएको छैन ।

एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले ५ जनाले उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदन प्राप्त भएको पुष्टि गरे ।

नाम फिर्ताका लागि निवेदन आएकाहरूको सन्दर्भमा निर्वाचन आयोगको तालिका अनुसार सच्याउन पार्टीले निर्वाचन आयोगमा आग्रह गर्ने आचार्यले जानकारी दिए ।

निर्वाचन आयोगको तालिका अनुसार पुसको २७ गतेसम्म समानुपातिक सूचीमा समावेशी कलस्टर लगायतका विवरण सच्याउने समय छ । पुस २८ गते नाम फिर्ता लिन चाहेले निवेदन दिन सक्नेछन् ।

आचार्यले अनलाइनखबरसँग भनेका छन्, ‘आयोगको कार्यतालिका र नियम अनुसार नाम फिर्ता लिन चाहेको हकमा पार्टीले आवश्यक निर्णय लिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?