+
+
Shares

एमाले प्रचार संयोजकको जिम्मेवारी मीनबहादुर शाहीलाई

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते २१:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले चुनाव केन्द्रीत अस्थायी कार्य विभाजन गरेको छ।
  • मीनबहादुर शाहीलाई प्रचार कामको संयोजन गर्ने जिम्मेवारी दिइएको छ।
  • शाही राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चका निवर्तमान अध्यक्ष र सामुदायिक रेडियो विश्व संघका सहअध्यक्ष हुन्।

२४ पुस, काठमाडौं । नेकपा एमालेले चुनाव केन्द्रीत अस्थायी कार्य विभाजन गरेको छ ।

पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूसम्मको अस्थायी कार्य विभाजन गर्दा मीनबहादुर शाहीलाई प्रचार कामको संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चका निवर्तमान अध्यक्ष शाही सामुदायिक रेडियोका अभियान्ता समेत हुन् । उनी हाल सामुदायिक रेडियो विश्व संघका सहअध्यक्ष छन् ।

दुई कार्यकाल सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) का केन्द्रीय अध्यक्ष रहेका शाहीले एक जिल्ला एक सामुदायिक रेडियो अभियान चलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?