+
+
Shares

हामी तयार छौं, तर चुनाव एकै चरणमा हुनुपर्छ : एमाले अध्यक्ष ओली

ओलीले भनेका छन्, ‘अराजकता, स्वेच्छाधरी ढंगले निर्णयहरू हुनसक्छन्, यसमा हामी चनाखो हुनुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १३:४६

२६ पुस, काठमाडौं , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन एकै चरणमा हुनुपर्ने बताएका छन् । शनिबार ललितपुरको एकान्तकुनामा बसेको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । फागुन २१ गतेका लागि निर्वाचन तय भएको छ ।

तर, फागुन २१ मा सुरु गरेर भन्दै चुनाव विभिन्न चरणमा हुनसक्नेतर्फ संकेत गर्दै उनले यस्ता प्रकारका खेलहरू स्वीकार गर्न नसकिने बताए ।

साथै, उनले यस्ता निर्णयहरू हुनसक्ने बताउँदै चनाखो भएर बस्न पनि पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

‘चुनाव विभिन्न चरणमा गर्ने, फागुन २१ मा सुरु गरेर अनि भन्ने अनेक प्रकारका खेलहरू स्वीकार्य छैन । एकै चरणमा निर्वाचन हुनुपर्छ । जे गर्ने हो, न्युनतम राजनीतिक सहमतिको साथ निर्णय गर्नुपर्छ,’ ओलीको भनाइ छ, ‘अराजकता, स्वेच्छाधरी ढंगले निर्णयहरू हुनसक्छन्, यसमा हामी चनाखो हुनुपर्छ ।’

निर्वाचन जतिबेला भए पनि आफ्नो पार्टी तयारी अवस्थामा रहेको र उक्त कुरा सरकारलाई पनि आफूले जानकारी गराएको ओलीको भनाइ छ ।

ओलीले दुई दिनअघि मात्रै प्रधानमन्त्री सुशीला कार्कीसँग लामो एक्लाएक्लै संवाद गरेका थिए ।

सरकारलाई राजनीतिक सहमतिको आधारमा मात्रै निर्वाचनसम्बन्धी अन्य निर्णय गर्न लिन समेत उनले सुझाव दिएका छन् लल।

‘पार्टी के कुरामा स्पष्ट छ भने ढिलो चाँडो मुलुक निर्वाचनमा त जानैपर्छ । त्यसको लागि पार्टी हमेशा तयार छ । केन्द्रिय समितिको यो बैठक सिंगो पार्टी पंक्तिलाई निर्वाचनको लागि महेशा तम्तयार रहन र यसको लागी आवश्यक तयारी गर्न आह्वान गर्छ,’ ओलीले भनेका छन्, ‘सबै साथीहरूले ध्यान दिनुपर्छ । निर्वाचन हुन त हुन्छ, कतिबेला हुन्छ ? जतिबेला भएपनि हामी निर्वाचनमा सहभागी हुनैपर्छ । फागुन २१ मा नै हुन पनि सक्छ । एउटा कुरामा हामीले भनेका छौं र फेरि भन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?