२३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भत्काएर मात्रै देश नबन्ने बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
हेटौंडामा सरकारले घर भत्काएकोप्रति आपत्ति जनाउँदै उनले वर्तमान सरकारले जे पनि भत्काउने काम गरिरहेको बताए ।
‘यो सरकारले के गर्यो ? हेटौंडामा घर भत्काउने काम थियो उसको ? चुनाव गराउन पर्दैन । चुनावको वातावरण बनाउन पर्दैन ? हेटौंडामा घर भत्कायो । आधा भत्कायो आधा बाँकी छ,’ उनले भने, ‘भत्काउने त बानी परेको छ । भत्काउनेको निर्देशनमा जे पनि भत्काउन थाल्यो यसले । सरकार भत्काएको, डेमोक्रेसी भत्काएको, संविधान भत्काएको, हेटौंडामा भत्काएको, सुकुम्बासीको बस्ती भत्काएको, यो सबै भत्काउने ?’
साथै, उनले देश बनाउनका लागि दिमाग ठिकै ठाउँमा भएको मान्छे चाहिने उनले बताए ।
‘भत्काएर मात्रै देश बन्दैन । देश बनाउनुपर्छ । बनाउनका लागि दिमाग ठिकै ठाउँमा भएका मान्छेको, उन्मादमा नशामा देश बन्दैन,’ ओलीले भने ।
प्रतिक्रिया 4