Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- लोकदोहोरी गायिका विष्णु माझी र गायक तथा संगीतकार राजनराज शिवाकोटीले नयाँ गीत ‘दूधै फाटेसी’ ल्याएका छन्।
- शिवाकोटीको शब्द, संगीतमा तयार गीतमा माझीलाई उनले नै साथ दिएका छन् र श्यामश्वेत रसाइलीले संगीत संयोजन गरेका छन्।
- गीतको पुरानो भर्सन पुनः एरेन्जसहित प्रस्तुत गरिएको छ र भिडियोमा मौसम हिमालीको नृत्य निर्देशन तथा शिवाकोटीसहित चार कलाकारले अभिनय गरेका छन्।
काठमाडौं । लोकदोहोरी गायिका विष्णु माझी र गायक तथा संगीतकार राजनराज शिवाकोटीले नयाँ गीत ‘दूधै फाटेसी’ ल्याएका छन् ।
शिवाकोटीको शब्द, संगीतमा तयार भएको गीतमा गायनमा माझीलाई उनले नै साथ दिएका छन् । श्यामश्वेत रसाइलीको संगीत संयोजन छ ।
दशकअघि रेकर्डिङ भैसकेको यो गीतलाई पुनः एरेन्जसहित दर्शकमाझ ल्याइएको हो । गीतको पुरानो भर्सनमा माझी र राजु परियारको स्वर थियो भने बीबी अनुरागीको एरेन्ज थियो ।
नयाँ गीतको भिडियोमा मौसम हिमालीको नृत्य निर्देशन छ । भिडियोमा शिवाकोटीसहित सुनिशा बजगाई, प्रभात पल ठकुरी र जुना विश्वकर्माले अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4