+
+
Shares

विष्णु माझीले ल्याइन् तीज गीत ‘म त नराउरी’

सार्वजनिकरुपमा नदेखिने गायिका माझीका गीतलाई लिएर हरेक तीजमा प्रतीक्षा हुने गर्छ । सामाजिक संजालका कतिपय प्रयोगकर्ताले माझीले गीत नल्याएसम्म वास्तविकरुपमा तीज नआउने भन्दै टिप्पणी गरिरहेका हुन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोक तथा दोहोरी गायिका विष्णु माझीले नयाँ तीज गीत 'म त नराउरी' बुधबार युट्युबमा सार्वजनिक गरेकी छन्।
  • गीतलाई 'पुतलीको भट्टी' भाग २१ श्रृंखलाको रुपमा प्रस्तुत गरिएको छ र श्रीमान सुन्दरमणि अधिकारीले शब्द तथा संगीत दिएका छन्।
  • गीतमा ६० जना कोरस डान्सर छन् र नृत्य निर्देशन मौसम हिमालीले गरेका छन्, भिडियोमा मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन्।

काठमाडौं । लोक तथा दोहोरी गायिका विष्णु माझीले नयाँ तीज गीत बुधबार युट्युबमा सार्वजनिक गरेकी छन् ।

यसवर्षको उनको गीत ‘म त नराउरी’ बुधबार बिहान रिलिज भएको हो । गीतलाई ’पुतलीको भट्टी’ भाग २१ श्रृंखलाको रुपमा प्रस्तुत गरिएको छ ।

गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । भिडियोमा गत वर्षकै गीत ’आइनँ आमा यो तीजमा’की मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन् । ६० जना कोरस डान्सर छन् ।

नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् । छायांकन शम्भु चालिसेको छ भने सम्पादन प्रविन भट्टको छ ।

सार्वजनिकरुपमा नदेखिने गायिका माझीका गीतलाई लिएर हरेक तीजमा प्रतीक्षा हुने गर्छ । सामाजिक संजालका कतिपय प्रयोगकर्ताले माझीले गीत नल्याएसम्म वास्तविकरुपमा तीज नआउने भन्दै टिप्पणी गरिरहेका हुन्छन् ।

नयाँ गीतमा पनि उनका प्रशंसकको टिप्पणी त्यस्तै छ । नयाँ गीतलाई लिएर मिश्रित प्रतिक्रिया छ । कतिपयले उत्कृष्ट र मर्मस्पर्शी रहेको बताइरहेका छन् भने कतिपयले विगतका गीतजस्तो नरहेको प्रतिक्रिया दिइरहेका छन् ।

तरपनि, माझीको नयाँ गीतले पक्कै पनि प्रशंसकलाई तीज माहोल सिर्जना गर्ने कुरा पक्का छ । नयाँ तीज गीतमा पनि विष्णुले उही नारीको वेदना, माइतीको याद र संघर्षका कुरा गरेकी छन् ।

हेर्नूस गीत :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?