
News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका विष्णु माझीले यो तीजमा नयाँ गीत ल्याउने पक्का भएको छ र म्युजिक भिडियोको छायांकन सकिएको छ।
- नयाँ गीत मौलिक शैलीमा बनेको छ र ६० जना कोरस डान्सरको सहभागितामा भिडियो बनाइएको छ।
- गीतका शब्द र संगीत माझीका श्रीमान सुन्दरमणी अधिकारीले तयार पारेका हुन् र भिडियोमा ललिता पौडेलले अभिनय गरेकी छन्।
काठमाडौं । गायिका विष्णु माझीले यो तीजमा नयाँ गीत ल्याउने पक्का भएको छ । केही दिनअघि उनको नयाँ गीतको म्युजिक भिडियोको छायांकन सकिएको छ ।
उक्त गीतका कोरियोग्राफर मौसम हिमालीका अनुसार, माझीको नयाँ गीत मौलिक शैलीमा बनेको छ र दर्शकले उनको चिरपरिचित शैलीसँग भावना साट्न सक्नेछन् ।
६० जना कोरस डान्सरलाई लिएर बनाइएको माझीको नयाँ गीतको म्युजिक भिडियोको अहिले सम्पादन भैरहेको छ । ‘अबको दुई तीन दिनमा गीत आउन सक्छ’ हिमालीले भने ।
भिडियोमा गतवर्ष माझीले ल्याएको गीतकै मोडल ललिता पौडेलले अभिनय गरेकी छन् । माझीका श्रीमान सुन्दरमणी अधिकारीको शब्द र संगीत रहेको नयाँ गीत टिपिकल शैलीमा बनेको हिमालीले बताए ।
हरेक तीजमा माझीको गीत सुन्न दर्शक प्रतीक्षारत हुन्छन् । तीज आउन केही साता मात्र बाँकी रहँदा विष्णुले गीत ल्याउँदै आएकी छन् ।
कतिपय प्रशंसकले विष्णु माझीको गीत नआए, तीज आएको जस्तो नलाग्ने भन्दै टिप्पणी गरिरहेका हुन्छन् । यतिबेला पनि माझीको गीतको प्रतीक्षा भैरहेको छ ।
अघिल्लो तीजमा माझीले ‘आइन आमा यो तीजमा’ बोलको गीत ल्याएकी थिइन् जसलाई २ करोड ४० लाख पटक हेरिएको छ ।
प्रतिक्रिया 4