+
+
Shares

मिश्रित प्रतिक्रिया प्राप्त विष्णु माझीको तीज गीतलाई २४ घण्टामा कतिपटक हेरियो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका विष्णु माझीको पछिल्लो तीज गीत ‘म त नराउरी’लाई २४ घण्टामा युट्युबमा १३ लाख पटक हेरिएको छ।
  • यो गीतमा छोरा र छोरीबीचको लैंगिक विभेद र पितृसत्तात्मक सोच चित्रण गरिएको छ।
  • गीतमा शब्द, संगीत र निर्देशन सुन्दरमणि अधिकारीले गरेका छन् भने कोरियोग्राफी मौसम हिमालीले गरेका छन्।

काठमाडौं । गायिका विष्णु माझीको पछिल्लो तीज गीत ‘म त नराउरी’लाई २४ घण्टामा युट्युबमा १३ लाख पटक हेरिएको छ । यो भ्यूज विहिबार बिहानसम्मको हो ।

यो भ्यूज उनको अघिल्लो गीत ‘आइन आमा यो तीजमा’ले २४ घण्टामा प्राप्त गरेको भ्यूजभन्दा १ लाखले कम हो ।

माझीको पछिल्लो गीतको प्रतिक्रिया पनि मिश्रित छ । कतिपयले औषत गीतको रुपमा यसलाई अथ्र्याएका छन् भने कतिपयले उत्कृष्ट भन्दै सामाजिक संजालमा प्रशंसा गरिरहेका छन् ।

’पुतलीको भट्टी’ भाग २१ का रूपमा आएको गीतमा छोरा र छोरीबीचको लैंगिक विभेद, पितृसत्तात्मक सोच र नारीको जीवनको मार्मीक कथालाई चित्रण गरिएको छ ।

गीतमा शब्द, संगीत र भिडियो निर्देशन सुन्दरमणि अधिकारीको छ । आशिष अविरलको एरेन्ज रहेको गीत राग स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोमा माझीका अघिल्ला सुपरहिट गीत ’चरी जेलैमा’, ’आइनँ आमा यो तीजमा’ कै मोडल ललिता पौडेललाई निरन्तरता दिइएको छ । कोरियोग्राफी मौसम हिमालीले गरेका छन् ।

सार्वजनिक जीवनमा नदेखिने गायिका माझीका गीत दर्शकको लागि प्रतीक्षित हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?