+
+
Shares

प्रशान्त तामाङको निधनमा ममता बनर्जी : उनी पश्चिम बंगालका प्रिय थिए

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधनमा दुःख व्यक्त गरेकी छन्।
  • बनर्जीले दार्जिलिङ पहाडमा प्रशान्तको जरा गाडिएको र कोलकाता प्रहरीसँगको सम्बन्धले उनलाई बंगालमा प्रिय बनाएको उल्लेख गरेकी छन्।
  • उनले प्रशान्तको परिवार, साथीभाइ र अनुयायीप्रति समवेदना व्यक्त गरेकी छन्।

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधनमा भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दुःख व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले तामाङको असामयिक निधनमा आफू दुःखी भएको बताएकी छन् ।

दार्जिलिङ पहाडमा उनको जरा गाडिएको र कुनै समय कोलकाता प्रहरीसँगको विशेष सम्बन्धले प्रशान्तलाई बंगालमा प्रिय बनाएको समेत बनर्जीले उल्लेख गरेकी छन् ।

बनर्जी लेख्छिन्, ‘ इन्डियन आइडल’ फेम्ड लोकप्रिय गायक तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकार प्रशान्त तामाङको आज अचानक र असामयिक निधनले म दुःखी छु । हाम्रो दार्जिलिङ पहाडमा उनको जरा गाडिएको र कोलकाता प्रहरीसँगको एक समयको सम्बन्धले उनलाई बंगालमा हाम्रो लागि विशेष प्रिय बनायो । म उनको परिवार, साथीभाइ र अनगिन्ती अनुयायीहरूप्रति समवेदना व्यक्त गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?