+
+
Shares

नेतृत्वको गलत रबैयाले जनतामा कांग्रेसप्रति भरोसा टुटेको छ : अमरसिंह पुन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले नेतृत्वको गलत रबैयाले जनतामा पार्टीप्रति भरोसा टुटेको बताए।
  • पुनले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्ना वरिपरिका चम्चाहरूको कारण वर्तमान अवस्था आएको भन्दै सच्याउन आग्रह गरे।
  • उनले विशेष महाधिवेशनबाट पार्टीलाई नयाँ बनाउने र विधि विधानअनुसार चल्ने प्रतिबद्धता व्यक्त गरे।

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेतृत्वको गलत रबैयाका कारण जनतामा पार्टीप्रतिको भरोसा टुटेको बताएका छन् ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पुनले यहाँबाट विगतका कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताए ।

‘विगतमा नेतृत्वले पार्टी र सरकार एकपक्षीय रूपमा चलायो । हिजो जेजस्ता गल्ती कमजोरी गरिए त्यसका कारण जनतामा पार्टीप्रति भरोसा टुटेको छ,’ पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गर्दै उनले भने, ‘आफ्ना वरिपरि रहेका केही चम्चाहरूको कारण अहिले यो अवस्था आएको छ । आफूलाई सच्याउनुस् । भोलि उद्घाटन सत्रमा सहभागी हुनुस् र पार्टीलाई एकढिक्का बनाउनुस् ।’

उनले विशेष महाधिवेशनबाट पार्टीलाई नयाँ बनाउने, विधि र विधानअनुसार चल्ने पार्टी निर्माण गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?