+
+
Shares

गगनकै साहसले शिर ठाडो पार्‍यौं, गगन एक्लै छैनन् : फरमुल्लाह मन्सुर

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १७:५९

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले महामन्त्री गगन थापाको भिजन र साहसबाट आज देशभर शीर ठाडो पार्न सफल भएको बताएका छन् ।

काठमाडौंमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘गगन थापाको भिजन र साहसका कारण आज देशभर नेपाली कांग्रेसका कार्यकर्ताको शीर ठाडो भएको छ । साहसको साथ नेतृत्वलाई सच्चिनका लागि उहाँ जुन दरिलो किसिमले अघि बढ्नुभयो,’ उनले भने, ‘गगन एक्लै छैनन्, उहाँको साथमा ५४ प्रतिशत प्रतिनिधि र लाखौं नेता कार्यकर्ता छन् ।’

साथै, उनले आफू पनि गगनबाटै प्रभावित भएर गगनको साथमा उभिएको बताए ।

‘त्यसबाट पनि प्रभावित भएर म उहाँको साथमा उभिएको हो । शेरबहादुर देउवाजीको निवासमा गगन र विश्वजीले जेनजी आन्दोलनमा उठेका मागलाई कांग्रेसले सम्बोधन गर्नुपर्‍यो भन्दा सभापतिज्यूलाई बुझाउन सकिएन । हामी त्यो घटना रोक्न सक्थ्यौं तर सकिएन । नेतृत्वले सुनुवाइ गरे,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?