News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले न्युजिल्यान्डसँगको एकदिवसीय शृंखलाको पहिलो खेल ४ विकेटले जितेको छ।
- भारतले ३०१ रनको लक्ष्य १ ओभर बाँकी छँदा ६ विकेट गुमाएर पूरा गरेको छ।
- विराट कोहलीले ९१ बलमा ९३ रन बनाए भने कप्तान शुभमन गिलले ५६ रन बनाए।
२७ पुस, काठमाडौं । न्युजिल्यान्डसँगको एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा भारतले जित हासिल गरेको छ । आइतबार वदोदरामा भएको पहिलो ओडिआईमा भारत ४ विकेटले विजयी भएको हो ।
न्युजिल्यान्डले दिएको ३०१ रनको लक्ष्य भारतले १ ओभर बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्यो । भारतका लागि विराट कोहलीले ९१ बलमा ९३ रन बनाए । कप्तान शुभमन गिलले ५६ तथा श्रेयस अय्यरले ४९ रन बनाए । केएल राहुल २९ रनमा अविजित रहे । हर्षित रानाले पनि २९ रन बनाए ।
न्युजिल्यान्डका काइल जेमिसनले १० ओभरमा ४१ रन दिएर ४ विकेट लिएपनि जितका लागि पर्याप्त भएन । अदित्या अशोक र क्रिस्टन क्लार्कले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर ३०० रन बनाएको थियो । डारिल मिचेलले ८४ रन बनाएका थिए । हेनरी निकोल्सले ६२ तथा डेभोन कनवेले ५६ रन बनाए ।
भारतका मोहम्मद सिराज, हर्षित राना र प्रसिध कृष्णाले २-२ विकेट लिँदा कुलदीप यादवले १ विकेट लिए ।
यस जितसँगै भारतले ३ खेलको ओडिआई शृंखलामा १-० को अग्रता लिएको छ ।
प्रतिक्रिया 4