+
+
Shares

२०१० मा अर्डर गरेको नोकिया फोन १६ वर्षपछि पसलमा आइपुगेपछि

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लिबियामा एक मोबाइल फोन व्यापारीले सन् २०१० मा अर्डर गरेका नोकिया फोनहरू १६ वर्षपछि प्राप्त गरेका छन्।
  • गद्दाफीको सत्तापतनपछि सुरु भएको युद्ध र अशान्तिका कारण ती फोनहरू वर्षौंसम्म गोदाममा थन्किएका थिए।

अफ्रिकी मुलुक लिबियामा एक अनौठो तथा रोचक घटना सार्वजनिक भएको छ।

त्यहाँका एकजना मोबाइल फोन व्यापारीले सन् २०१० मा अर्डर गरेका नोकिया मोबाइल फोनहरू १६ वर्षपछि बल्ल प्राप्त गरेका छन् ।

लिबियामा गद्दाफीको सत्तापतन र त्यसपछि चलेको अशान्ति र गृहयुद्धको अवस्थाका कारण मोबाइल फोनको डेलिभरीका लागि १६ वर्षको समय लागेको हो।

समाचार अनुसार ती व्यापारीले सन् २०१० मा नोकियाको त्यो समय चल्तीमा रहेका मोडेलका मोबाइल फोनहरू अर्डर गरेका थिए । तर २०११ मा सुरु भएको युद्धका कारण त्यहाँको ढुवानी व्यवस्था पूर्णरूपमा ठप्प भयो । भन्सार शुल्कको गडबडी, सुरक्षा समस्याहरू र लजिस्टिक प्रणालीमा आएको अवरोधका कारण ती फोनहरू वर्षौंसम्म गोदाममा नै रहिरहे।

यसरी अर्डर गरेको डेढ दशकसम्म पनि सामान नआएपछि ती खरीदकर्ताले आफूले नोकियाको फोन अर्डर गरेको कुरा पनि बिर्सिसकेका थिए ।

तर १६ वर्षपछि हालै अचानक एकदिन उनको पसलमा नोकिया फोनको एक खेप आयो ।

अविश्वसनीय रूपमा मोबाइल फोन आफ्नो पसलमा आएपछि उनी तिनछक परे । उनले मोबाइल राखिएको बक्स खोल्दै भनेः यी फोन हुन् कि कुनै पुराना ऐतिहासिक वस्तु ?

उक्त भिडियो सोशल मिडियामा शेयर गरिएसँगै निकै भाइरल बनेको छ । यसले सन् २०१० को दशकसम्म विश्वव्यापी मोबाइल फोन बजारमा राज गरेका नोकियाका फिचर फोनहरूको सम्झना गराएको छ ।

यो घटना रोचक भएता पनि यसले लिबियामा लामो समय चलेको युद्ध र अस्थिरताको वास्तविकता देखाएको छ । युद्धले केवल देशलाई मात्र नभई सामान्य मानिसको जीवन र व्यापारलाई पनि वर्षौंसम्म पछाडि धकेलेको पुष्टि यसले गर्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?