News Summary
Generated by OK AI. Editorially reviewed.- विभिन्न राजनीतिक दलका १६४ समानुपातिक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् र आयोगले नयाँ नाम पठाउन भनेको छ।
- लोकतान्त्रिक समाजवादी पार्टीका ७८ र जनता समाजवादी पार्टी नेपालका २१ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
- निर्वाचन आयोगले माघ ४ गते बन्दसूची प्रकाशन गरी दाबी विरोधको प्रक्रिया माघ ५ देखि १० गतेसम्म सञ्चालन गर्नेछ।
२९ पुस, काठमाडौं । विभिन्न राजनीतिक दलको समानुपातिक सूचीमा रहेका १६४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले १६४ जना उम्मेदवारले नाम फिर्ता लिएको जानकारी दिए । नाम फिर्ता लिएकाहरूको ठाउँमा अर्को नाम पठाउन निर्वाचन आयोगले सम्बन्धित दललाई भनेको छ ।
आयोग स्रोतका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीका ७८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जनता समाजवादी पार्टी नेपालका २१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यी दुइ दलबीच एकता भइसकेको छ । यसकारण लोसपाका तर्फबाट परेका उम्मेदवार फिर्ता लिएर जसपाको सूचीमा राखिएको छ ।
जनमत पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जना, जनादेश पार्टी नेपालका ६ जना, नेकपा एमालेका ५ जना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का ४ जना, राष्ट्र निर्माण दल नेपालका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
उन्नत लोकतान्त्रिक पार्टीका २ जना, नेपाली कम्युनिस्ट पार्टीका २ जना, नेपाली कांग्रेसका २ जना, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २ जना, गतिशील लोकतान्त्रिक पार्टीका १ जना, नागरिक उन्मुक्ति पार्टीका १ जना, नेपाल जनता पार्टीका १ जना, प्रगतिशील लोकतान्त्रिक पार्टीका १ जना, संघीय लोकतान्त्रिक पार्टीका १ जना र संयुक्त नागरिक पार्टीका १ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
फिर्ता लिएकाको ठाउँमा सम्बन्धित पार्टीले अर्को व्यक्तिको नाम पठाउनेछ । निर्वाचन आयोगले नयाँ आएका नाम समेत समावेश गरेर माघ ४ गते बन्दसूचीको नामावली प्रकाशित गर्नेछ । प्रकाशित नामउपर दाबी विरोधका लागि माघ ५ गते देखि माघ १० गतेसम्मको समय रहनेछ ।
दाबी विरोधको उजुरीमाथि माघ ११ देखि माघ १७ गतेसम्म निर्वाचन आयोगले अध्ययन गर्नेछ । उक्त सूचीमा कसैको नाम हटाउनुपरे माघ १९ गते निर्वाचन आयोगले सूचना प्रकाशन गर्ने कार्यतालिका छ ।
माघ २० माघमा समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशन हुनेछ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ मा हुँदैछ ।
२७५ सदस्यीय प्रतिनिधिसभाका लागि समानुपातिक तर्फबाट ११० जना निर्वाचित हुन्छन् । १६५ जना प्रत्यक्ष चुनाव जितेर आउँछन् । प्रत्यक्ष तर्फको मनोनयन दर्ता भने आगामी माघ ६ गते हुनेछ ।
प्रतिक्रिया 4