+
+
Shares

निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्नसक्छ : लिङ्देन

उनले सामान्य रूपमा कठिन जस्तो लागे पनि राष्ट्रवादी शक्तिहरू एक भइरहेकाले यो असम्भव नरहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १५:३९

२९ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सकिने बताएका छन् ।

मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राप्रपालाई पहिलो निर्णायक शक्ति बनाएर अघि बढाउन सके भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने प्रतिबद्धता जनाए ।

उनले सामान्य रूपमा कठिन जस्तो लागे पनि राष्ट्रवादी शक्तिहरू एक भइरहेकाले यो असम्भव नरहेको बताए ।

राप्रपामा समाहित हुने क्रम तीव्र रूपमा बढेर गएको उनले बताए । २०६२/६३ को राजनीतिक परिवर्तनपछि हामीले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको उनको दाबी छ ।

उनले भने, ‘आउने चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पहिलो पार्टीको रूपमा हामी ले जिताउन सक्छौँ । पहिलो पार्टी बनाउनुपर्छ । सामान्य आँखाले हेर्‍यो भने कठिन जस्तो, असम्भव जस्तो लाग्छ तर आज तपाईंहरू हेर्नुस्, राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासमा २०५१ सालको निर्वाचन बाहेक राप्रपा कहिले दुई वटा, कहिले तीन वटा गरी अनेक खण्डमा विभाजित भएर चुनावमा गयो । पहिलो पल्ट राष्ट्रिय प्रजातन्त्र पार्टी एउटै राप्रपा पार्टी मात्रै भएर चुनावमा जाँदैछ । राप्रपामा समाहित हुने क्रम तीव्र रूपमा बढेर गएको छ । २०६२/६३ को राजनीतिक परिवर्तनपछि हामीले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको छ ।’

अध्यक्ष लिङदेनले आफू अध्यक्षमा रहँदै राजतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापना भएको हेर्न चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?