+
+
Shares

निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, भन्यो– कांग्रेसले विशेष महाधिवेशन गरेको छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको शेरबहादुर देउवापक्ष ३० पुसमा निर्वाचन आयोग पुगेको छ।
  • देउवा पक्षले आयोगमा निवेदन दिएको छ।
  • पत्रमा कांग्रेसले विशेष महाधिवेशन आयोजना नगरेको उल्लेख छ।

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवापक्ष निर्वाचन आयोग पुगेको छ । आयोग पुगेर यो पक्षले निवेदन समेत दिएको छ ।

 देउवा पक्षको पत्रमा कांग्रेसले विशेष महाधिवेशनको आयोजना नगरेको उल्लेख छ ।

‘जानकारी सम्बन्धमा’ भनेर दिइएको पत्रमा ‘नेपाली कांग्रेस पार्टीको नाममा यही पुस २६ देखि २८ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगरिएको’ उल्लेख छ ।

जबकी यही पुस २६ गतेदेखि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन सुरु भएको थियो । काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । महाधिवेशन अन्तगर्त मनोनयन दर्तासहितको निर्वाचन कार्यक्रम अगाडि बढिसकेको छ ।

विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आएको देउवा पक्षले निर्वाचन आयोगमा सोही बेहोराको पत्र निर्वाचन आयोगमा दिएको हो ।

देउवा पक्षको पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसको नाममा काठमाडौं विशेष महाधिवेशन भएको भनी विभिन्न संचार माध्यममा आएकोले त्यस्तो कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको औपचारिक कार्यक्रम नभएको नगरेको व्यहोरासमेत अवगत गराइन्छ ।’

देउवा पक्षले नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको स्वर्गारोहणका कारण पुस २६, २७ र २८ गते देशभरका सबै पार्टी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको आयोगलाई भनेको छ । तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउने र यी तीन दिन पार्टीको कुनै पनि तहको औपचारिक कार्यक्रम, भेला, सम्मेलन समेत नगर्ने निर्णय गरेको उल्लेख गरेको छ ।

साथै, दाहालको तेह्रौ पुण्यतिथिका दिन सबै जिल्ला कार्यसमितिले शोक सभा गर्ने भनी २०८२ पुस २६ गते विहान ९ बजे कार्यसमितिको बैठकले निर्णय गरेको पनि भनिएको छ ।

विशेष महाधिवेशन पक्षधरसँग निरन्तर संवादमा रहेको देउवा पक्षले कुरा नमिलेपछि निर्वाचन आयोग पुगेर विशेष महाधिवेशन गर्ने सम्बन्धी कांग्रेसको कार्यक्रम नरहेको भनेको हो ।

विशेष महाधिवेशन पक्षधर नेतृत्व चयन गरेर अद्यावधिकका लागि निर्वाचन आयोग जाने तयारीमा छ । त्यसअगावै देउवा पक्षले आयोग पुगेर विशेष महाधिवेशन नगरेको व्यहोराको पत्र दर्ता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?