+
+
Shares

ठूला ठूला सभा गरेर भोट पाउने जमाना पुरानो भइसक्यो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा घरदैलो अभियानलाई केन्द्रित गर्ने घोषणा गर्नुभयो।
  • प्रचण्डले ठूलो सभा गर्ने पुराना प्रचलन भइसकेको भन्दै अब टोलटोलमा प्रत्यक्ष भेटघाट गर्ने नीति अपनाउने बताउनुभयो।
  • उहाँले पार्टीलाई विगतका गल्ती नदोहोर्‍याउने र सातै प्रदेशमा आफ्नो एजेण्डा बुझाउने आह्वान गर्नुभयो।

३० पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको प्रचारलाई जनताको घरदैलो अभियानमा केन्द्रित गर्ने बताएका छन् ।

ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई प्रत्यक्ष रुपमा जनतासँग भेट हुनेगरी घरदैलो अभियानलाई तीव्रता दिने बताएका हुन् ।

सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँगको समायोजन कार्यक्रममा बोल्दै उनले युवा पुस्तालाई निर्वाचनमा आफ्नो पार्टीप्रति आर्कर्षित गराउनका लागि सुचना प्रविधिको प्रयोगमा पनि जोड दिने नीति पार्टीले लिने बताए ।

‘अब हामी अहिलेको जमाना अनुसार चुनाव आउँदैछ, ठूलठूला सभा गर्नेतिर भन्दा अब घरघर, टोलटोलमा जनतासँग प्रत्यक्ष भेटघाट गरेर हाम्रा संकल्पहरू हाम्रा एजेण्डाहरू उनीहरूलाई बुझाउने कुरा महत्त्वपूर्ण छ । ठूला सभा गरेर भोट धेरै आउने भन्ने जमाना धेरै पुराना भइसक्यो अब । हामीले सात वटै प्रदेशमा अपिल त गरिसक्यौं,’ उनले भने ।

संयोजक प्रचण्डले विगतमा गरेर गल्ती नदोहोर्‍याउने बाचासहित पार्टीको निर्वाचन प्रचारमा जुटन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।

‘अब जनताको घरघरमा गएर टोलटोलमा गएर उनीहरूलाई हाम्रा एजेण्डा यी हुन, हामी पुराना गल्तीबाट सिकेर नदोहोर्‍याउने गरी चाहेका छौँ । र यो देशको नेतृत्व लिन चाहेका छौँ भनेर जनतालाई बुझाउन जरुरी छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?