+
+
Shares

विद्यार्थीले तोडफोड गरे डिन कार्यालय

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायको डिन कार्यालयमा तोडफोड भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायको डिन शंकर खनालको कार्यालयमा विद्यार्थीले तोडफोड गरेका छन्।
  • विद्यार्थीले बीएससीको पुनः प्रवेश परीक्षा माग गर्दै कुर्सी, टेबल र गमाला फुटाएका डिन कार्यालयका कर्मचारीले बताए।
  • प्रहरी टोली पुगे पनि तोडफोडमा संलग्नहरू पक्राउन नसकिएको र सीट पूरा भएकाले पुनः प्रवेश परीक्षा हुन नसक्ने डिन कार्यालयले जनाएको छ।

३० पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायको डिन कार्यालयमा तोडफोड भएको छ ।

डिन शंकर खनालको कार्यकक्षसहित कार्यालयमा तोडफोड भएको हो । खनालको कार्यकक्षमा रहेको कुर्सी, टेबल र गमाला फुटाइएको एक कर्मचारीले जानकारी दिए ।

‘विद्यार्थीको एउटा समूह आएर तोडफोड गरेको हो,’ ती कर्मचारीले भने ।

बीएससीको पुनः प्रवेश परीक्षा माग गर्दै विद्यार्थीले तोडफोड गरेको डिन कार्यालयले जनाएको छ ।

‘पुन प्रवेश परीक्षा हुनुपर्‍यो भनेर अस्कलबाट विद्यार्थी आएका थिए । कोही अस्कालमा स्ववियुका पनि थिए,’ ती कर्मचारीले भने, ‘उनीहरूको नाम भने थाहा भएन ।’

तोडफोड भएपछि प्रहरी वृत्त कीर्तिपुरबाट प्रहरीको टोली पुगेको थियो । तर तोडफोडमा संलग्नहरू पक्राउन भएका छैनन् । सीट पूरा भएकाले पुनः प्रवेश परीक्षा हुन नसक्ने डिन कार्यालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?