+
+
Shares

गगन, विश्वप्रकाश र फरमुल्लाको नाम कांग्रेसको वेबसाइटबाट हटाइयो

नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापाको तस्बिर पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापाको तस्बिर पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ।
  • कांग्रेसले महामन्त्री थापा, उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरको नाम र तस्बिर वेबसाइटबाट हटाएको छ।
  • कांग्रेस केन्द्रीय कार्यसमितिले थापा, शर्मा र मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्य नरहने गरी पार्टीबाट निस्कासित गरेको थियो।

१ माघ, काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापाको तस्बिर पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ

कांग्रेसले १४औं महाधिवेशनमा महामन्त्री निर्वाचित थापाको नाम र तस्बिर बिहीबार बिहान पार्टीको वेबसाइटबाट हटाएको हो ।

उनीसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम पनि वेबसाइटबाट हटाइएको छ ।

बुधबार भृकुटीमपण्डामा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति,  शर्मा उपसभापति र मन्सुर सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका छन् ।

त्यसअघि उनीहरूलाई बुधबार बसेको शेरबहादुर देउवा पक्षीय कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?