News Summary
Generated by OK AI. Editorially reviewed.- सांगीतिक समूह नेपथ्यले २८ फेब्रुअरीमा भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा पहिलोपटक प्रस्तुति दिने भएको छ।
- नेपथ्यले ४ फेब्रुअरीदेखि हेटौंडा, बुटवल, चितवन र बन्दीपुरमा पनि कन्सर्ट गर्ने योजना बनाएको छ।
- ब्यान्डको वर्तमान लाइनअपमा अमृत गुरुङ, ध्रुव लामा, सुविन शाक्य, नीरज गुरुङ, शान्ति रायमाझी र दिनेशराज रेग्मी छन्।
काठमाडौं । ४ थलोमा नेपाल टूर घोषणा गरिसकेको लोकप्रिय सांगीतिक समूह ‘नेपथ्य’ ले भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा प्रस्तुति दिने भएको छ ।
ब्याण्डले २८ फेब्रुअरीमा त्यहाँ प्रस्तुति दिन लागेको घोषणा गरेको छ । नेपालीभाषी बहुल उक्त थलोमा ब्याण्ड पहिलोपटक गुञ्जिन लागेको हो । बिहीबारदेखि सिलिगुडी कन्सर्टको टिकट बिक्री पनि सुरु भएको छ ।
सिलिगुडीको उत्सोधारा टिस्टा टाउनसिपमा ब्याण्डले प्रस्तुति दिन लागेको हो । ५ः३० बजेदेखि कन्सर्ट सुरु हुने जानकारी ब्याण्डले गराएको हो ।
त्यसअघि ब्याण्डले घरमा प्रस्तुति दिँदैछ । यसका लागि ४ फेब्रुअरीमा हेटौंडा, ७ मा बुटवल, १० मा चितवन र १४ फेब्रुअरीमा तनहुँको बन्दीपुरमा ब्यान्ड गुञ्जिन लागेको छ ।
ब्यान्ड पछिल्लोपटक अमेरिका, अस्ट्रेलिया, युरोप, बेलायत र जापानमा गुञ्जिएको थियो । ब्यान्डको वर्तमान लाइनअपमा प्रमुख गायक अमृत गुरुङ, ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मी छन् ।
प्रतिक्रिया 4