News Summary
Generated by OK AI. Editorially reviewed.- पार्टीमा समानान्तर केन्द्रीय कार्यसमिति गठन भएपछि देउवापक्षीय युवाहरू ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरक्षा दिएर बसेका छन्।
- दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आफूहरू आधिकारिक रहेको दावी गरिरहेका बेला देउवापक्षीय युवा बिहीबारदेखि कार्यालय परिसरमा बसेका हुन्।
- १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य गणेश लामा र तरुण दलका अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा युवाहरू बुधबार साँझदेखि केन्द्रीय कार्यालयमा बसेका छन्।
१ माघ, काठमाडौं । पार्टीमा समानान्तर केन्द्रीय कार्यसमिति गठन भएसँगै ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा देउवापक्षीय युवाहरू सुरक्षा दिएर बसेका छन् ।
दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आफूहरू नै आधिकारिक रहेको भन्दै दावी गरिरहेका बेला पार्टी केन्द्रीय कार्यालय आउन सक्ने भन्दै देउवापक्षीय युवा बिहीबारदेखि नै कार्यालय परिसरमा बसेका हुन् ।
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य गणेश लामा र तरुण दलका अध्यक्ष विद्वान गुरुङको अगुवाइमा युवाहरू बुधबार साँझदेखि केन्द्रीय कार्यालय बसिरहेका हुन् ।
केन्द्रीय कार्यालयमा बिहीबार बिहान बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ पनि देखिएका छन् ।

प्रतिक्रिया 4