+
+
Shares

कांग्रेस कार्यालयमा बहस : चोभारको डाडा किन काट्नु नपर्ने ?

नेपाली कांग्रेस प्राकृतिक स्रोत विभागले आयोजना गरेको ‘प्राकृतिक प्रकोपको जोखिममा उपत्यका : नख्खु बाढी २०८१ सिकाई र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले सहि तथ्यको विश्लेषण गरेर अगाडि नबढ्दा यस्तो अवस्था सिर्जना हुने गरेको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १८:०३

२७ साउन, काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विनाअध्ययन हल्ला गर्दा समाजमा भ्रम फैलने गरेको बताएका छन् ।

नेपाली कांग्रेस प्राकृतिक स्रोत विभागले आयोजना गरेको ‘प्राकृतिक प्रकोपको जोखिममा उपत्यका : नख्खु बाढी २०८१ सिकाई र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले सहि तथ्यको विश्लेषण गरेर अगाडि नबढ्दा यस्तो अवस्था सिर्जना हुने गरेको बताएका हुन् ।

थापाले पछिल्लो समय हल्ला गरिएको चोभारको डाँडो काट्नै नपर्ने इन्जिनियरहरूको निष्कर्ष रहेको बताए ।

कार्यक्रममा २०८१ असोज ११ देखि १३ गतेसम्म उपत्यकामा भएको अविरल वर्षाको कारण आएको नख्खु बाढीको विषयमा नेपाल इन्जिनियर्स एसोसिएसनले गरेको अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदन डा. पवन कुमार भट्टराईले प्रस्तुत गरेका थिए ।

‘उक्त अध्ययनले काठमाडौंको वर्षाको पानी निकासिको लागि चोभार डाडोँको चौडाई बढाउनु नपर्ने निष्कर्ष निकालेको छ,’ भट्टराईले बताए ।

त्यस्तै, उपत्यकामा बाढी नियन्त्रणका लागि रिटार्डिङ्ग जलाशय निर्माण गर्नुपर्ने, वैज्ञानिक खानी ब्यवस्थापन गर्नुपर्ने, पुलहरू निर्माण गर्दा इञ्जिनियरिङ मापदण्डलाई परिमार्जन गर्नुपर्ने, नदि अतिक्रमण रोक्न नीति बनाउनुपर्ने र रैथाने तथा स्थानीय परम्परागत अभ्यासहरू सहितको भू-उपयोग योजना निर्माण गर्नुपर्ने निष्कर्ष निकालिएको विभागका सचिव नवराज त्रिपाठीले बताए ।

कार्यक्रमको सभापतित्व विभागका प्रमुख तारामान तामाङले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?