+
+
Shares

लोकतन्त्रमा व्यक्तिको कुरा चल्दैन, संस्थाले जे भन्यो त्यही आधिकारिक हुन्छ : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १२:२६
फाइल तस्वीर

२ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर  मात्रै गएको टिप्पणी गरेका छन् ।

निर्वाचन आयोगमा आधिकारितका दाबीका लागि पुगेका उनले यस्तो बताएका हुन् ।

उनले बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफूहरूसँग रहेको भन्दै उनले निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरूले बाध्य बनाएको बताए ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकताको कुरा लोकतान्त्रिक पद्धतिअनुसार गर्ने उनले बताए ।

उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउने अधिकार रहेको भए पनि विशेष महाधिवेशनको कार्यसूची, कार्यतालिका,कार्यविधिहरू केन्द्रीय समितिले नै बनाउनुपर्ने स्पष्ट व्यवस्था रहेको जिकिर गरे ।

कुनै पदाधिकारीले विशेष अधिवेशन बोलाउने अधिकार नरहेको भन्दै व्यक्ति नभई संस्थाले गरेको निर्णय नै आधिकारिक हुने उनको दाबी छ ।

उनले भने, ‘नेपाली कांग्रेसको सिंगो केन्द्रीय सदस्यहरू यहीँ हुनुहुन्छ । केही चाइटिएर जानुभएको होला । तर सिंगो केन्द्रीय सदस्य यहाँ हुनुहुन्छ । कसैले, कुनै पदाधिकारी वा विशेष अधिवेशन बोलाउने अधिकार छ कि छैन, नेपाली कांग्रेसको विधानले त्यो अधिकार दिएको छैन । आज टुँडिखेलमा गइकन कुनै निर्वाचन आयुक्तले ६ गते निर्वाचनको नोमिनेसन हुँदैन भन्यो भने निर्वाचन आयोगलाई मान्य हुन्छ कि हुँदैन ? यो गम्भीर विषय हो । यो कुरा सोच्नुपर्छ । व्यक्ति होइन संस्था खोजेको हो । संस्थालाई हेरेर अघि बढ्नुपर्छ । जुन साथीहरूको सिग्नेचर तपाईंहरूलाई पनि आएको होला । ती सिग्नेचर फिर्ता भएको निस्सा तपाईंहरूलाई प्रस्तुत गर्नेछौँ ।’

उनले महाधिवेशनमा गएका ८८५ जना महाधिवेशन प्रतिनिधिहरूले उक्त महाधिवेशनबाट आफूहरू फर्किएको भन्दै हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको जानकारी दिए । आयोगलाई उक्त हस्ताक्षरसहितको प्रमाण पनि पार्टीले पेस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?