+
+
Shares

देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १५:३६
देउवा निवास महाराजगञ्ज ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता शेखर कोइरालासहितका नेताहरू सभापति शेरबहादुर देउवासँग महाराजगञ्जमा छलफलका लागि पुगेका छन्।
  • छलफलमा सहमहामन्त्री जीवन परियार, बद्रि पाण्डे र नेता मिनेन्द्र रिजाल सहभागी छन्।
  • भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेको छ र दुई प्रतिवेदन पेश भइसकेका छन्।

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालासहितका नेताहरू सभापति शेरबहादुर देउवासँग छलफलका लागि पुगेका छन् ।

देउवा निवास महाराजगञ्जमा उनीहरूबीच छलफल सुरु भएको स्रोतले जानकारी दिए ।

छलफलमा सहभागी हुन कोइरालासहित सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मिनेन्द्र रिजाल लगायत नेताहरू पुगेका छन् ।

भृकुटीमण्डपमा विशेष महाधिवेशन चल्दैगर्दा देउवाले छलफल तीव्र बनाएका हुन् ।

विशेष पक्षधर महाधिवेशनमा भने दुई प्रतिवेदन समेत पेश भइसकेको छ । जसमाथि अहिले समूहगत छलफल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?