+
+
Shares

गगन-विश्वलाई शेखरले भने : केके कुरा हो लिखित आओस्, अनि मात्रै आउँछु

उनले आफूमात्रै गएर पनि केही नहुने भन्दै पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि लैजाने वातावरण गगन-विश्वले बनाउनुपर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १२:२८

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेकै अवस्थामा आफू भृकुटीमण्डप नजाने बताएका छन् । आफूनिकट नेताहरूसँगको छलफलमा उनले केही नेताहरूले भृकुटीमण्डप जान सुझाव दिए पनि आफू अहिलेकै अवस्थामा नजाने बताएका हुन् ।

‘तपाईं कतिजनाले भृकुटीमण्डपमा जानुपर्छ भन्नुभयो । म जानेवाला छैन । यसरी जानुहुँदैन । मैले यो कुरा सभापतिलाई भनेको छु, कार्यवाहक सभापतिलाई पनि भनेको छु,। गगन-विश्वलाई पनि भनेको छु र गुरु घिमिरेलाई भनेको छु,’ उनले भने, ‘नेतृत्वचयनदेखि केके कुरा हो लिखित रुपमा मैले पाउनुपर्‍यो । बल्लमात्रै म आउँछु ।’

उनले आफूमात्रै गएर पनि केही नहुने भन्दै पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि लैजाने वातावरण गगन-विश्वले बनाउनुपर्ने बताए ।

त्यस्तै उनले सभापति शेरबहादुर देउवा भने भृकुटीमण्डप जान नहुने आफ्नो राय रहेको बताए ।

‘सभापतिजी त्यहाँ जानुहुँदैन भन्ने मेरो रिडिङ हो । पूर्णजीलाई लिएर जानुपर्छ,’ उनले भने, ‘म एग्रेसिभ लागिरहेको छु । तपाईंहरूलाई सुतिरहेको छ भन्ने लागेको होला म लागिरहेको छु । सबैसँग समन्वय गरिरहेको छु ।’

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?