+
+
Shares

गगनसहितका पदाधिकारी निर्वाचन आयोगमा (तस्वीरहरू)

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसको पहिलो बैठकका निर्णय र पार्टी विवरण अध्यावधिक गर्नका लागि नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ माघ १ गते १४:०४
विवरण अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर ।

१ माघ, काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कांग्रेसको पहिलो बैठकका निर्णय र पार्टी विवरण अध्यावधिक गर्नका लागि नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

सहमहामन्त्री डिला संग्रौलाले आज बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णय र विवरण अध्यावधिकका लागि सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरू आयोग पुगेको जानकारी दिइन् ।

‘केन्द्रीय समिति बैठकले पार्टीको सबै विवरण अध्यावधिक गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आज निर्वाचन आयोगलाई विवरण बुझाउन/जानकारी गराउन लागिएको हो,’ उनले भनिन् ।

बुधबार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कार्यसमिति चयन भएको छ । उता शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले भने पार्टीको कुनै विशेष महाधिवेशन नभएको भन्दै आयोगलाई नै पत्र पठाइसकेको छ ।

देउवा नेतृत्वको कांग्रेसले पत्र पठाउनुभन्दा पहिले नै विशेष महाधिवेशन पक्षधरले आयोगमा विशेष महाधिवेशन भइरहेको बेहोराको पत्र पठाइसकेका थिए । अहिले कांग्रेसमा आधिकारिकताको विवाद बढिरहेको छ ।

 

कांग्रेस महाधिवेशन विवाद
लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?