+
+
Shares

निर्वाचन आयोगमा गगन नेतृत्वको कांग्रेसको छलफल (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ माघ १ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पदाधिकारी टोली निर्वाचन आयोगमा पुगेको छ।
  • उनीहरूले पार्टी कार्यसमिति नयाँ चयन भएको जानकारी आयोगमा गराउने बताएका छन्।
  • समानुपातिकतर्फको बन्दसूची संशोधन र गगन थापाको हस्ताक्षर राख्ने प्रस्ताव पनि आयोगमा पेश गर्ने तयारी छ।

१ माघ, काठमाडौं । विशेषम महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पदाधिकारीसहितको टोली अहिले निर्वाचन आयोगमा पुगेको छ । आफू नेतृत्वको कांग्रेस नै आधिकारित दाबी गर्दै थापासहित पदाधिकारीको टोली निर्वाचन आयोग पुगेको हो ।

आयोगमा उनीहरूले पार्टी कार्यसमिति नै नयाँ चयन भएको जानकारी गराउने बताएका छन् । त्यस्तै यसअघि बुझाइएको समानुपातिकतर्फको बन्दसूची संशोधन, शेरबहादुर देउवाको हस्ताक्षरको ठाउँमा गगन थापाको हस्ताक्षर राख्ने प्रस्ताव पनि उनीहरूले आयोगमा गर्दैछन् ।

अहिले आयोगमा भइरहेको छलफलमा थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहित पदाधिकारी छन् । त्यस्तै कानुन व्यवसायीहरू पनि सहभागी छन् ।

 

कांग्रेस महाधिवेशन विवाद
लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?