News Summary
Generated by OK AI. Editorially reviewed.- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा बुझाइएको समानुपातिक बन्दसूची र मनोनयनको हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको छ।
- केन्द्रीय समितिको पहिलो बैठकले शेरबहादुर दर्उवाको हस्ताक्षरको सट्टा गगन थापाको हस्ताक्षर कायम गर्ने निर्णय गरेको छ।
- सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहितका नेताहरूले निर्वाचन आयोगमा संशोधित बन्दसूची बुझाएका छन्।
१ माघ, काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूची र मनोनयनको हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको छ ।
बुधबारमात्रै निर्वाचित भएको थापा नेतृत्वको केन्द्रीय समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।
सोही निर्णयअनुसार सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
यसअघि निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूचीमा शेरबहादुर देउवाको हस्ताक्षर रहेको थियो । अब थापाको हस्ताक्षर कायम हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4